शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन

मङ्गलबार, ०३ चैत २०८२, १२ : ३२
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • सलमान खानको चलचित्र 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरी 'मातृभूमि' राखिएको छ।
  • निर्देशकका अनुसार, नयाँ नामले देशभक्तिको भावनालाई बढावा दिनेछ र कथालाई व्यापक बनाउनेछ।
  • चलचित्र २०२० मा गलवान उपत्यकामा भएको भारत-चीनको भिडन्तमा आधारित छ, जसमा सलमान खान र चित्राङ्गदा सिंहको अभिनय रहेको छ।

मुम्बई । बलिउड अभिनेता सलमान खानको प्रतिक्षित वार ड्रामा चलचित्र ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरिएको छ। निर्माण पक्षले चलचित्रको नाम फेरेर अब ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ राखेको छ। 

चलचित्रका निर्देशक अपूर्व लाखियाले शीर्षक परिवर्तनको निर्णय हचुवामा नगरिएको स्पष्ट पारेका छन्। हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा उनले नयाँ नामले चलचित्रको बृहत्तर भावना र सन्देशलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्ने दाबी गरे। 

उनका अनुसार निर्माण टोली लामो समयदेखि यसबारे छलफलमा थियो र फिल्मको कथालाई कुनै एउटा घटनामा मात्र सीमित राख्नुभन्दा देशभक्तिको व्यापक अर्थ दिने उद्देश्यले यो कदम चालिएको हो।

यो चलचित्र सन् २०२० मा गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच भएको भिडन्तको कथाबाट प्रेरित छ। कठिन परिस्थितिमा भारतीय सैनिकहरूले देखाएको वीरता र संघर्षलाई यसमा मुख्य आधार बनाइएको छ। ‘मातृभूमि’ शीर्षकले बलिदान र राष्ट्रप्रेमको भावनालाई अझ गहिरो गरी प्रस्तुत गर्ने विश्वास निर्माण पक्षको छ।

हालै सलमान खानले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा उनी घाइते अवस्थामा पनि दृढताका साथ शत्रुको सामना गरिरहेको देखिन्छन्। यस चलचित्रमा सलमानको जोडीको रूपमा पहिलो पटक अभिनेत्री चित्राङ्गदा सिंह देखिँदैछिन्। 

शीर्षक परिवर्तनसँगै चलचित्रको प्रदर्शन मितिबारे पनि चासो बढेको छ। यद्यपि, निर्माण पक्षले प्रदर्शनको आधिकारिक मिति भने अझै घोषणा गरेको छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप