पोखराको आकाशमा फेरि देखिने भयो प्याराग्लाइडिङ
सारांश
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल फेरि सुरु हुने भएको छ।
- नेपाल हवाई खेलकुद संस्थाले चैत ५ देखि ७ गतेसम्म '२१ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप' आयोजना गर्दैछ।
- प्रतियोगिताले पर्यटन क्षेत्रमा आशा जगाएको छ र स्वदेशी तथा विदेशी गरी ९० जना पाइलटले नाम दर्ता गराएका छन्।
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै लामो समयदेखि अन्योलमा परेको प्याराग्लाइडिङ खेल अब पुनः सुरु हुने भएको छ। साहसिक खेल र मनोरञ्जनका लागि विश्वप्रसिद्ध पोखराको आकाशमा प्याराग्लाइडिङलाई निरन्तरता दिन नेपाल हवाई खेलकुद संस्थाले यही चैत ५ गतेदेखि ७ गतेसम्म ‘२१ औं नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना गर्ने भएको हो।
यसअघि पोखरामा दैनिक १ हजारदेखि १ हजार २०० सम्म स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको आनन्द लिने गरेका थिए। तर, अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षाका कारण यो व्यवसाय संकटमा परेको थियो।
लामो समयको बन्दले गर्दा पोखरामा दर्ता भएका ६० वटा प्याराग्लाइडिङ कम्पनीमा कार्यरत करिब ३ सय ५० पाइलट बेरोजगार बनेका थिए भने करोडौंको लगानी रहेको पर्यटन क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको थियो।
अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुन्दर दृश्यका साथै फेवाताल र आसपासका पर्यटकीय स्थलको अवलोकनका लागि प्याराग्लाइडिङ पर्यटकहरूको पहिलो रोजाइमा पर्ने गर्छ। च्याम्पियनसिपको घोषणासँगै पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको छ। प्रतियोगितामा सहभागिताका लागि हालसम्म स्वदेशी र विदेशी गरी ९० जना प्याराग्लाइडिङ पाइलटहरूले आफ्नो नाम दर्ता गराइसकेका छन्।
प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, महिलातर्फका विजेताहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण