हावाहुरीले सर्लाहीमा ठुलो क्षति, किसानको मकै र गहुँ बाली नष्ट
सर्लाही । सर्लाहीमा सोमबार साँझ आएको शक्तिशाली हावाहुरीका कारण विभिन्न स्थानमा किसानले लगाएको मकै र गहुँ बालीमा ठुलो क्षति पुगेको छ। अचानक आएको हावाहुरीले खेतमा तयार हुँदै गरेको बाली ढालेर नोक्सानी पुर्याएको हो ।
चन्द्रनगर क्षेत्रका किसान राम ध्यान ठाकुरको करिब दुई कठ्ठा जमिनमा लगाएको मकै बाली पूर्ण रूपमा नष्ट भएको छ । हावाहुरीका कारण मकैका बोट सबै ढलेर उत्पादन हुने आशा समाप्त भएको किसान ठाकुरले बताए । यसैगरी अर्का किसान रामपुकार महतोले करिब सात कठ्ठा जमिनमा लगाएको मकै बालीमध्ये अधिकांश नष्ट भएको जानकारी दिए । ‘हावाहुरीले मकै ढालिदियो, अब उत्पादन निकै कम हुने देखिन्छ,’ उनले दुखेसो पोखे ।
हावाहुरीका कारण चन्द्रनगर मात्रै नभई ईश्वरपुर, ब्रह्मपुरीलगायत सर्लाहीका विभिन्न स्थानका किसानको सयौं बिगाहका मकै तथा गहुँ बालीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन्।
खेतमा राम्रोसँग बढ्दै गरेको बाली अचानक आएको हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन् ।
हावाहुरीबाट किसानको लाखौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। स्थानीय किसानहरूले सम्बन्धित निकायसँग क्षतिको मूल्याङ्कन गरी राहत तथा सहयोगको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण