तीन फर्ममाथि जरिवाना
बुधबार, ०४ चैत २०८२, ०५ : ३९
सारांश
- वाणिज्य विभागले खाद्यान्न र दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन उल्लंघन गर्ने तीन कम्पनीलाई जरिवाना गरेको छ।
- एकताग्राम स्टोरलाई रु २० हजार र किराना घर ट्रेर्डस एण्ड सप्लायर्स र गणपति ट्रेर्डस सप्लायर्सलाई जनही रु पाँच हजार जरिवाना गरिएको छ।
- विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गर्दै अन्य १९ फर्मलाई सुधारात्मक निर्देशन दिएको छ।
काठमाडौँ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।
विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर ट्रेर्डस एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति ट्रेर्डस सप्लायर्स बबरहललाई समान रु पाँच हजार जरिवाना गरेको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ । विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्नका लागि निरन्तर विभागले अनुगमन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण