नेपाली दूतावास अभिभावक बन्न सक्नुपर्छ : पूर्वअध्यक्ष शर्मा
सारांश
- एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले विदेशस्थित दूतावासहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
- उनले दूतावासहरूले नेपाली श्रमिक र डायस्पोरालाई अपेक्षित सेवा दिन नसकेको बताए।
- शर्माले दूतावासहरूलाई सेवामुखी, प्रविधिमैत्री र उत्तरदायी बनाउन सरकारसँग माग गरे।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले विदेशस्थित नेपाली दूतावासहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौंमा आयोजित एनआरएनएको महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले दूतावासहरू विदेशमा रहेका नेपालीहरूको साँचो अभिभावक बन्न नसकेको बताए । उनले दूतावासहरूले अपेक्षाकृत सेवा दिन नसक्दा नेपाली श्रमिक र डायस्पोराले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गरे ।
शर्माका अनुसार हाल दूतावासहरू राहदानी नवीकरणजस्ता सीमित प्रशासनिक काममै केन्द्रित भएका छन् । उनले संरचना र कार्यशैली सुधार गरी सेवामुखी, प्रविधिमैत्री र उत्तरदायी बनाउन सरकारसँग माग गरे ।
“विदेशमा रहेका नेपालीहरूले दुःख पर्दा सबैभन्दा पहिले दूतावास सम्झन्छन्, तर त्यहाँ पुग्दा झन् सास्ती व्यहोर्नुपरेको छ,” उनले भने ।
विशेषगरी मध्यपूर्व र मलेसियामा कार्यरत नेपालीहरूले कानुनी समस्या, स्वास्थ्य संकट र रोजगारदाताबाट हुने शोषणका घटनामा दूतावासको भूमिका कमजोर देखिएको उनको भनाइ छ । उनले अलपत्र परेका नेपालीको उद्धार, न्याय दिलाउने र गुनासा सुन्न प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए ।
शर्माले दूतावासहरूलाई नागरिकमैत्री बनाउँदै नेपालीको सुखदुःखको साथीका रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
सम्बोधनका क्रममा उनले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न र नेपालको विकासमा योगदान पुर्याउन एनआरएनए एकताबद्ध हुनुपर्ने बताए ।
संस्थाभित्र देखिएका विवाद र गुटबन्दी अन्त्य गर्दै सबै गैरआवासीय नेपाली एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।
शर्माले एनआरएनएलाई सरकार र डायस्पोराबीच प्रभावकारी पुलका रूपमा काम गर्न आग्रह गर्दै दूतावासहरूमा जनशक्ति अभाव समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण