विश्वकपका खेल मेक्सिको सार्ने इरानको प्रस्ताव फिफाद्वारा अस्वीकार
सारांश
- फिफाले इरानको खेल मेक्सिकोमा सार्ने प्रस्ताव अस्वीकार गर्यो, खेलाडी सुरक्षाको कारण देखाउँदै इरानले यस्तो प्रस्ताव राखेको थियो।
- इरान र अमेरिकाबीचको सैन्य तनाव र सुरक्षा चिन्ताका कारण इरानी फुटबल महासंघले अमेरिकामा खेल्न नसक्ने जनाएको छ।
- फिफाले डिसेम्बर २०२५ मा सार्वजनिक तालिका अनुसार नै खेल हुने जनाएको छ, तर इरानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता बहिष्कारको संकेत गरेको छ।
जुरिच । यस वर्षको जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुन गइरहेको फिफा विश्वकपअघि राजनीतिक र सैन्य तनावले खेल जगत तातिएको छ। इरानले आफ्ना खेलाडीहरूको सुरक्षाको कारण देखाउँदै अमेरिकामा हुने तय भएका खेलहरू मेक्सिको सार्न गरेको प्रस्तावलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरिदिएको हो।
फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै सबै सहभागी राष्ट्रहरूले डिसेम्बर २०२५ मा सार्वजनिक गरिएको पूर्वनिर्धारित तालिका अनुसार नै प्रतिस्पर्धा गर्ने स्पष्ट पारेको छ। इरान र अमेरिकाबिच जारी सैन्य तनाव तथा इजरायल-इरान युद्धका कारण इरानी फुटबल महासंघले आफ्ना खेलाडीहरूको सुरक्षामा गम्भीर प्रश्न उठाएको थियो।
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीको सुरक्षा ग्यारेन्टी गर्न नसक्ने अभिव्यक्ति दिएकाले आफूहरू अमेरिका भ्रमण नगर्ने बताएका थिए। उनले इरानका खेलहरू मेक्सिकोमा आयोजना गर्न फिफासँग वार्ता भइरहेको दाबी गरे पनि फिफाले भने तालिका परिवर्तन नहुने अडान लिएको छ।
इरानले जुन १६ मा न्युजिल्यान्ड, जुन २१ मा बेल्जियम र जुन २७ मा इजिप्टसँग खेल्ने तालिका छ, जसमध्ये दुई खेल लस एन्जलस र एक खेल सियाटलमा हुने तय छ।
विवादको जड अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्ति बनेको छ। ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भन्दै गर्दा उनीहरूको आफ्नै जीवन र सुरक्षाका लागि त्यहाँ उपस्थित हुनु उपयुक्त नहुने बताएका थिए।
यसलाई इरानले धम्कीका रूपमा लिएको छ। इरानको खेलकुद मन्त्रालयले अहिलेको अवस्थामा विश्वकपमा सहभागी हुन उपयुक्त वातावरण नभएको बताएको छ भने इरानी टोलीको आधिकारिक टेलिग्राम च्यानलले सुरक्षा दिन नसक्ने आयोजक राष्ट्रलाई नै प्रतियोगिताबाट हटाउनुपर्ने माग गरेको छ।
युद्धको चपेटामा रहेका दुई देशबिचको यो विवादले खेलकुद र राजनीतिलाई फेरि एक पटक आमनेसामने उभ्याएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसअघि ट्रम्पसँगको कुराकानीमा इरानलाई प्रतिस्पर्धाका लागि स्वागत गरिने आश्वासन पाएको बताए पनि इरानी पक्ष भने विश्वस्त हुन सकेको छैन।
लगातार चौथो पटक विश्वकपमा छनोट भएको इरानले गत वर्ष अमेरिकाले इरानी आणविक केन्द्रहरूमा बमबारी गर्दा पनि प्रतियोगिताबाट नबाहिरिने निर्णय गरेको थियो। तर, अहिलेको प्रत्यक्ष सैन्य मुठभेड र सुरक्षा संवेदनशीलताले गर्दा इरानको विश्वकप यात्रा अन्योलमा परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण