प्रिमियर लिगमा ‘भीएआर’ को गम्भीर त्रुटि: आर्सनललाई फाइदा, ब्राइटनमाथि अन्याय
सारांश
- इंग्लिस प्रिमियर लिगको खेलमा रेफ्री र भीएआरको गल्ती पुष्टि भएको छ, जसले आर्सनललाई फाइदा पुग्यो।
- ब्राइटनका खेलाडीलाई पेनाल्टी नदिएर आर्सनलले १-० को जित हासिल गर्यो, जसले लिगको निष्पक्षतामाथि प्रश्न उठायो।
- प्यानलले ब्राइटनले पेनाल्टी पाउनुपर्ने निर्णय सुनायो, तर भीएआरले हस्तक्षेप नगरेकोमा आक्रोश बढ्यो।
लण्डन । इंग्लिस प्रिमियर लिगको की म्याच इन्सिडेन्ट्स (केएमआई) प्यानलले गत मार्च ४ मा आर्सनल र ब्राइटनबिच भएको खेलमा रेफ्री र भीएआर (भिडियो असिस्टेन्ट रेफ्री) बाट गम्भीर गल्ती भएको पुष्टि गरेको छ। उक्त खेलमा आर्सनलले १-० को जित निकाले पनि ब्राइटनले पाउनुपर्ने स्पष्ट पेनाल्टी नदिएर आर्सनललाई फाइदा पुगेको प्यानलको निष्कर्ष छ।
यो सिजन आर्सनलले एक गोलको अन्तरले जितेका खेलहरूमा भीएआरको गलत निर्णयबाट जोगिएको यो दोस्रो पटक हो, जसले लिगको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ। घटना विवरण अनुसार, खेलको पहिलो हाफको इन्जुरी समयमा ब्राइटनका मिडफिल्डर म्याट्स विफर डिबक्स भित्र बलतर्फ दौडिरहेका बेला आर्सनलका गेब्रियल मार्टिनेलीले उनलाई तानेर भुइँमा लडाएका थिए। रेफ्री क्रिस कभानघले खेल जारी राख्न अनुमति दिए भने भीएआर माइकल सालिसबरीले पनि यसलाई गल्ती मानेनन्।
तर, स्वतन्त्र प्यानलले ४:१ को बहुमतले यो स्पष्ट पेनाल्टी भएको फैसला सुनाएको छ। प्यानलका अनुसार मार्टिनेलीले बलतर्फ नहेरी विफरलाई समातेर लडाएका थिए, जसले ब्राइटनलाई गोल गर्ने अवसरबाट बन्चित गरायो।
यो सिजन आर्सनलका पक्षमा भीएआरका निर्णयहरू दोहोरिनु संयोग मात्र मान्न सकिने अवस्था छैन। यसअघि डिसेम्बरमा एभर्टनविरुद्धको खेलमा विलियम सालिबाले गरेको फाउलमा पनि एभर्टनले पेनाल्टी पाउनुपर्ने प्यानलको ठहर थियो।
अचम्मको कुरा त के छ भने, उक्त खेलमा पनि भीएआर माइकल सालिसबरी नै थिए। त्यस्तै, चेल्सीविरुद्धको खेलमा डक्लान राइसले ह्याण्डबल गर्दा पनि चेल्सीले पेनाल्टी पाउनुपर्ने प्यानलको सर्वसम्मत निर्णय थियो, तर त्यहाँ पनि भीएआर हस्तक्षेप हुन सकेन।
अहिलेको तथ्याङ्क अनुसार यो सिजन प्रिमियर लिगमा कुल १८ पटक भीएआर त्रुटिहरू रेकर्ड भइसकेका छन्। यो संख्या गत सिजन (२०२४-२५) को पूरै अवधिमा भएको गल्ती बराबर हो। रोचक कुरा त के छ भने, यो सिजन आर्सनलविरुद्ध अहिलेसम्म एउटै पनि भीएआर गल्ती भएको छैन।
ब्राइटनका प्रशिक्षक फाबियन हर्जेलरले मैदानमै आर्सनलका प्रशिक्षक मिकेल अर्टेटासँग यसबारे भनाभन समेत गरेका थिए। भीएआर प्रविधि खेललाई न्यायपूर्ण बनाउन ल्याइए पनि एकपछि अर्को त्रुटिले गर्दा क्लबहरू र समर्थकहरूमा आक्रोश बढ्दै गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण