राप्रपाको नाम, चुनाव चिह्न र नेतृत्व फेर्न महामन्त्रीको प्रस्ताव
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टी पुनर्गठनको बहस सुरु भएको छ।
- निर्वाचनमा सोचेजस्तो नतिजा नआएपछि महामन्त्री शरदराज पाठकले सामाजिक सञ्जालमार्फत पुनर्गठनको बहस चलाएका छन्।
- उनले पार्टीको नाम, चुनाव चिह्न, र नेतृत्वको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पार्टी पुनर्गठनको बहस सुरु भएको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेको सो पार्टीमा चुनावी नतिजापछि पुनर्गठनको बहस सुरु भएको हो ।
महामन्त्री शरदराज पाठकले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको बहस घनिभूत पार्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर–धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरुरी छ’, पाठकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक भएको पनि बताएका छन् ।
‘त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ’, महामन्त्री पाठकले लेखेका छन् ।
उनले राप्रपाको एजेन्डामा ठुलो समस्या नभएपनि नेताहरूको चिन्तन र कार्यशैलीमा समस्या रहेको दाबी गरेका छन् । ‘सार्वजनिक रूपमा यसरी लेख्दा म माथि तीव्र गालीगलौजसम्म हुन सक्छ, तर त्यसको प्रवाह नगरी मैले यो टिप्पणी लेखेको हुँ’, उनले भनेका छन्, ‘मेरो आग्रह–रहित मिहिन मूल्याङ्कनमा राप्रपाको एजेन्डामा खास ठुलो समस्या छैन । समस्या हामीहरूको चिन्तन र कार्यशैलीमा छ ।’ समस्या पार्टीभित्रका बलशाली प्रवृत्तिहरूमा रहेको भन्दै उनले समस्या आधुनिक युगको राजनीतिक आयामहरूलाई अधिकांशरूपमा बेवास्ता गरेर उल्टै हियाउनुमा रहेको बताएका छन् ।
‘यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुनेछ, अपवाद स्थानलाई छोडेर’, पाठकको भनाइ छ । आफूले उठाएका विषयहरू पार्टीको तल्लो स्तरसम्म घनिभूत बहस आरम्भ गर्न पनि महामन्त्री पाठकले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण