गीता र नवीनले ल्याए नयाँ गीत ‘घुम्न जाऔँ मायालु’
काठमाडौँ । गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेलले स्वरमा सहकार्य गर्दै गीत ‘घुम्न जाऔँ मायालु’ ल्याएका छन् । रोमान्टिक शैलीमा तयार गीतमा गीता भट्टराईकै शब्द र सरोज विरही कार्कीको सङ्गीत छ ।
गीतमा प्रेमिल जोडीले नेपालका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्ने इच्छा र मायाको भावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरू जुना कार्की र सागर थापाको अभिनय छ । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा जुना र सागरको केमेस्ट्री सुहाउँदो छ ।
गीतको शब्दमा नेपालका प्रख्यात पर्यटकीय गन्तव्यहरू जस्तै सारकोट, नगरकोट र सिन्धुलीको कला घर आदिको चर्चा गरिएको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने देखिन्छ । म्युजिक भिडियोमा कोसर डान्सर समेत प्रयोग गरिएको छ । गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण