खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ६ जना सकुशल
सारांश
- काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनाग्रस्त भयो।
- हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भई पल्टिएको थियो, जसमा सवार सबै यात्रु सुरक्षित रहे।
- दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।
काठमाडौँ । काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
क्यानका अनुसार दुर्घटनामा परेको ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा सवार सबै जना सुरक्षित रहेका छन् । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर हेलिकप्टर पल्टिएको प्राधिकरणले जनाएको छ । साथै, उक्त हेलिकप्टरमा कुनै पनि शव बोकिएको भन्ने हल्ला सत्य नरहेको पनि क्यानले स्पष्ट पारेको छ ।
घटनास्थलमा रहेका यात्रु तथा चालक दलको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ प्रस्थान गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण