हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले विज्ञप्ति जारी गर्दै के भन्यो ?
सारांश
- खोटाङको बेलाबेसीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।
- हेलिकप्टरमा चालक दलसहित ६ जना सवार थिए, र सबै सकुशल छन्।
- कम्पनीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।
काठमाडौँ . खोटाङको बेलाबेसीमा आज भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे कम्पनीले आधिकारिक जानकारी गराएको छ । काठमाडौँबाट खोटाङतर्फ उडेको ९एन-एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११:५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एयर डाइनेस्टीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितद्वारा जारी प्रेस विज्ञप्तिमा हेलिकप्टरमा एक चालक दलका सदस्यसहित कुल ६ जना सवार रहेको उल्लेख छ। दुर्घटनामा परे पनि हेलिकप्टरमा सवार सबै यात्रु र चालक सकुशल रहेको कम्पनीले जनाएको छ।
विज्ञप्तिमा दुर्घटनाको प्राविधिक कारणबारे थप अनुसन्धान भइरहेको उल्लेख छ। कम्पनीले भनेको छ, 'हालसम्मको अवस्थामा कुनै पनि मानवीय क्षति भएको जानकारी छैन र सबै यात्रु तथा चालक सुरक्षित हुनुहुन्छ। एयर डाइनेस्टी हेलि सर्भिसेज प्रालि अहिले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै घटनाको यथार्थ विवरण र कारण पत्ता लगाउन क्रियाशील छ।'
एयर डाइनेस्टीले घटनाबारे थप विवरणहरू प्राप्त हुनासाथ सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण