तारकेश्वरमा ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइयो
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर आज तारकेश्वर नगरपालिका–८ पीपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव मनाइएको हो ।
महोत्सवको उद्घाटनमा तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गरेको बताए ।
देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वरले पहिलोपटक घोडेजात्रा पर्वका अवसरमा घोडेजात्रा महोत्सव गरेको उनको भनाइ थियो । ‘पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, नगरवासीहरुको सहभागिता थियो ।
टुँडिखेलमा मनाइँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि तारकेश्वरले पहिलोपटक स्थानीय तहमा घोडेजात्रा महोत्सव आयोजना गरेको हो । घोडेजात्रा महोत्सवमा घोडाहरुको मार्च पास, हर्स जम्प, सांस्कृतिक कार्यक्रमलगायत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण