राजीनामाले तपाईंको राजनीतिक कद झल्काउँछ : सचिन तिमल्सेना
सारांश
- नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले चुनावी हारको दोष सभापतिलाई मात्र दिनु अन्यायपूर्ण हुने बताए।
- उनले पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति, जनतासँगको टुट्दो सम्बन्ध र गलत कार्यशैली हारको कारण भएको औँल्याए।
- तिमल्सेनाले सभापतिको राजीनामालाई राजनीतिक उचाइ र नैतिकताको रूपमा प्रशंसा गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले हालैको चुनावी पराजयको दोष सभापतिलाई मात्र दिनु अन्यायपूर्ण हुने बताएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति र जनतासँगको टुट्दो सम्बन्ध नै हारको मुख्य कारण भएको औँल्याएका हुन्।
हालै सम्पन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिमल्सेनाले पार्टीभित्र मौलाएको मनपरी गठबन्धन, भ्रष्टाचारका गम्भीर आरोप र मूल्यहीन राजनीतिकाविरुद्ध सभापतिले एक्लै संघर्ष गरेको दाबी गरे। नेतृत्वले समयमै कार्यकर्ता र जनताको भावना नबुझ्दा पार्टी यो अवस्थामा पुगेको उनको तर्क छ। ‘तत्कालीन नेतृत्वले समय र जनताको मर्म बुझिदिएको भए विशेष अधिवेशनको आवश्यकता नै पर्ने थिएन,’ उनले भनेका छन्।
विशेष अधिवेशनले पार्टीमा केही उत्साह भरे पनि जनतामाझ सुधारको स्पष्ट सन्देश लैजान समय नपुगेको तिमल्सेनाको बुझाइ छ। चुनावी परिणामको नैतिक जिम्मेवारी लिँदै सभापतिले दिएको राजीनामाले उनको राजनीतिक उचाइ र नैतिकता झल्काएको भन्दै तिमल्सेनाले गर्व व्यक्त गरेका छन्। हारको जिम्मेवारी व्यक्तिभन्दा पनि पार्टीको गलत कार्यशैलीले लिनुपर्ने उनको ठहर छ।
उनले लेखेका छन्, ‘यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध थियो, मनपरी गठबन्धन थियो, भ्रष्टाचारका आरोप थिए, मूल्यहीन राजनीति थियो। जसको विरुद्ध तपाईंले नै लड्नु भयो र निरन्तर सुधारका मुद्दा उठाउनु भयो। तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए, विशेष अधिवेशनको नौबत नै आउने थिएन। विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्यो तर जनतामाझ सुधारको सन्देश लैजाने समय अपर्याप्त थियो।
पार्टी सभापतिको हैसियतमा रहेकाले चुनावी पराजयको जिम्मेवारी लिँदै तपाईंले दिएको राजीनामाले तपाईंको राजनीतिक कद झल्काउँछ। प्राउड अफ यू दाइ, गर्व छ!’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण