उसु टोली चीन जाने
बिहीबार, ०५ चैत २०८२, १६ : ४०
सारांश
- नेपालले १०औं विश्व जुनियर उसु च्याम्पियनसिपमा ६ खेलाडी पठाउँदै छ।
- च्याम्पियनसिप चीनमा चैत ९ देखि १७ गतेसम्म हुनेछ, जसमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
- यो प्रतियोगिता सेनेगलमा हुने युथ ओलम्पिकको छनोटको रूपमा रहेको छ।
काठमाडौँ । दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।
चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रूपमा समेत रहेको छ ।
प्रशिक्षकमा लानम लामा र जंगबहादुर तामाङ तथा निर्णायकमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बिहीबार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण