गण्डकीको हिउँदे सभा आइतबारदेखि
शुक्रबार, ०६ चैत २०८२, ०८ : २३
सारांश
- गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ गते आइतबारदेखि सुरु हुने भएको छ।
- मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो, जसलाई प्रदेश प्रमुखले स्वीकृत गरे।
- प्रदेश सभाको बैठक मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ।
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ गते आइतबारदेखि बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन आह्वान गरिसकेका छन् ।
प्रदेश सभा बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल मालेपाटनमा बस्नेछ । गण्डकी प्रदेश सभा सचिवालयले सूचना जारी गरी बैठकबारे जानकारी दिएको हो । यसअघि पनि यही ठाउँमा बैठक बसेको थियो ।
नदीपुरमा रहेको प्रदेश सभा भवन जेनजी आन्दोलनका क्रममा जलेपछि साँघुरो ठाउँमा बैठक बस्न बाध्य छ । संसद सभा सचिवालय भने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय भएको ठाउँमा सारिएको छ । समितिका बैठकहरू सोही कार्यालयबाट हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण