अदालतमा बयान फेरेपछि सरकारी साक्षी नै परे भ्रष्टाचार मुद्दामा, अख्तियारद्वारा आरोपपत्र दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- घर्तीले अदालतमा बयान फेरेपछि आयोगले उनलाई प्रतिवादी बनाएको हो।
- उनले लेखा अधिकृत कार्कीलाई घुस दिएको स्वीकारेका थिए, तर पछि बयान बदले।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका टंकबहादुर घर्तीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीसँग जोडिएको घुस प्रकरणमा सरकारी साक्षी बनेका घर्तीले अदालतमा पुगेर आफ्नो पूर्ववत् बयान फेरेपछि आयोगले उनी विरुद्ध नै मुद्दा चलाएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० निवासी घर्ती 'देउतीबज्यै कन्स्ट्रक्सन' का प्रोप्राइटर हुन्। उनले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया सहज बनाउनका लागि लेखा अधिकृत कार्कीलाई १ लाख रुपैयाँ घुस दिएको अनुसन्धानबाट खुलेको थियो।
सुरुमा अनुसन्धानका क्रममा आयोगलाई सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिम उनलाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा मात्र प्रस्तुत गरिएको थियो।
तर, गत वैशाख २२ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा घर्तीले आयोगमा दिएको बयान र संकलित प्रमाणविपरीत हुने गरी बयान दिएपछि उनीमाथि पुनः अनुसन्धान सुरु गरिएको थियो।
आफ्नो बयानबाट पछि हटेर आरोपितलाई बचाउन खोजेको पुष्टि भएपछि आयोगले उनलाई नै प्रतिवादी कायम गर्दै १ लाख रुपैयाँ बिगो, कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण