आरोहण गतिविधिलाई थप व्यवस्थित गर्न पर्यटन विभागले जारी गर्यो ९ सर्त
सारांश
- सरकारले आरोहण गतिविधिलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन नयाँ निर्देशन जारी गरेको छ।
- नयाँ व्यवस्थाअनुसार हिमाल आरोहणको अनुमति लिनुअघि दुई दिन अगाडी विस्तृत विवरणसहितको निवेदन पेस गर्नुपर्नेछ।
- विभागले उद्धार सम्बन्धी विस्तृत विवरण पर्यटन विभाग र पर्यटक प्रहरीको कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
काठमाडौँ । सरकारले आरोहण गतिविधिलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन नयाँ निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले परिपत्र जारी गर्दै आरोहण दल, ट्रेकिङ एजेन्सी र सम्बद्ध सरोकारवालाहरूलाई विभिन्न ९ बुँदे सर्तहरू पालना गर्न निर्देशन दिएको हो ।
विभागले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को छैटौं संशोधन र प्रचलित कानुनको परिधिभित्र रहेर यी व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार अब कुनै पनि हिमाल आरोहणको अनुमति लिनुअघि कम्तीमा दुई दिन अगाडी नै विस्तृत विवरणसहितको निवेदन पेस गर्नुपर्नेछ ।
‘आरोहण अनुमति माग गर्दा सहयोगी कर्मचारीहरूको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र अनुमति पत्रमा नाम उल्लेख भएका कर्मचारीहरूलाई मात्र कार्यक्षेत्रमा खटाउनुपर्ने प्रावधान राखिएको छ । यदि आकस्मिक रूपमा सहयोगी कर्मचारी थप गर्नुपर्ने अवस्था आएमा स्पष्ट कारणसहित विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ,’ विभागले जारी गरेको सर्तमा भनिएको छ ।
आरोहणको अन्तिम शिविरमा पुगेका पर्वतीय पथप्रदर्शक वा उच्च उचाइमा जाने कामदारहरूले दलको सदस्यका रूपमा अनुमति पाएको अवस्थामा मात्र शिखरसम्म पुग्न पाउनेछन् । आरोहण अनुमति प्रणालीलाई डिजिटल बनाउन आरोहणका सदस्य र कर्मचारीहरूको हालसालै खिचिएको फोटो अनिवार्य रूपमा प्रणालीमा अपलोड गर्नुपर्नेछ भने सोही फोटोका आधारमा प्रमाणपत्र जारी गरिनेछ ।
आरोहणको पूर्वसन्ध्यामा हुने ‘ब्रिफिङ’लाई व्यवस्थित गर्न हरेक दिन टोली नेता, एजेन्सी प्रतिनिधि र सम्पर्क अधिकृतको उपस्थितिमा संयुक्त ब्रिफिङ हुनेछ ।
हिमालमा हुने दुर्घटना र उद्धार कार्यलाई व्यवस्थित गर्न विभागले उद्धार सम्बन्धी विस्तृत विवरण पर्यटन विभाग र भृकुटीमण्डपस्थित पर्यटक प्रहरीको कार्यालयमा अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
विभागले पुरानो बक्यौताको विषयमा पनि स्पष्ट पारेको छ । सन् २०२५ को हिउँदसम्मको आरोहणमा राखिएको फोहोरमैला धरौटी रकम फिर्ता नभएको भए आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरिएको छ । यस्तो निवेदन प्राप्त भएको बढीमा ७ दिनभित्रै धरौटी रकम फिर्ता गरिने सुनिश्चितता समेत विभागले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण