प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै काठमाडाैँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले उक्त तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत गरिसकेको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।
सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने उनले बताइन्। दुर्घटना, चोटपटक, अचानक बिरामी अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो।
“आपत्कालीन अवस्थाका व्यक्तिको जीवनरक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर तालिम सञ्चालन गर्न लागेका हौँ”, कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परताजस्ता सूचकका आधारमा तालिम सञ्चालन गरिनेछ । एकपटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।”
हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिम सञ्चालन गर्न वडामा रु एक लाख ६३ हजार ८५० को दरले खर्च हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण