ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त गिरोहलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी तथा किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-२ घर भई हाल ललितपुर महालक्ष्मी-५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौँ महानगरपालिका-२३ नरेफाँट बस्ने २९ वर्षीय भिमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका-९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय सञ्जिवकुमार कुसवाहा रहेका छन्।
प्रहरीले निजहरूका साथबाट चोरीका विभिन्न मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकलमा केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण