माछापुच्छ्रेमा ‘अध्यक्ष कप’ गण्डकी प्रदेशस्तरीय भलिबल हुँदै
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गण्डकी प्रदेशका पालिकाहरूकाबिच अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गाउँपालिकाको केन्द्र लाहाचोकमा यही चैत ११ देखी १४ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।
अध्यक्ष गुरुङका अनुसार स्थानीय स्तरबाट देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हो । “देशका लागि आवश्यक समक्ष खेलाडी उत्पादन गर्ने पालिकाबाटनै हो । प्रतिभाको खोजी गरी उनीहरूलाई राष्ट्रियस्तरमा चिनाउनका लागि प्रतियोगिताले मद्धत पुग्नेछ,” उनले भने ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार रु दुई लाख ट्रफी र मेडल रहेको छ । उपविजेताले रु एक लाख पुरस्कार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए । यसैगरी महिला तर्फ प्रथम पुरस्कार रु ६० हजार, द्वितिय पुरस्कार रु ३० हजार, ट्रफि मेडल रहेको छ । सेमिफाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५/१५ हजार पुरस्कार पाउने छन् ।
गाउँपालिकाले यस वर्ष छेलो हान्ने खेललाई समेत समावेश गरेको छ । छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार, द्वितिय पुरस्कार नगद रु पाँच हजार, तृतीयलाई नगद रु दुई हजार र सान्त्वनालाई नगद रु एक हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
प्रतियोगितामा पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।
पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी एक जना समावेश गर्न सकिने गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण