इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी
तेहरान । इरानी सेनाले शनिबार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी दिएको छ ।
इरानी सेनाले विज्ञप्ती जारी गर्दै यदि संयुक्त अरब इमिरेट्सको क्षेत्रबाट इरान विरुद्ध कुनै आक्रमण भएमा इरानले संयुक्त अरब इमिरेट्समा आक्रमण गर्ने चेतावनी समेत दिएको छ ।
अबु मुसा र ग्रेटर टुनब टापुहरू इरानद्वारा नियन्त्रित छन् भने लामो समयदेखि दुई देशबिच विवादको विषय समेत बनेका छन् । यी टापुहरू होर्मुज जलक्षेत्रको प्रवेशद्वार नजिकै खाडीमा अवस्थित छन्, जसबाट सामान्यतया विश्वको तेलको अधिकांश भागमा निर्यात हुन्छ ।
हाल चर्किरहेको क्षेत्रीय युद्धले समुद्री यातायात अवरुद्ध भएको छ, जुन फेब्रुअरी – २८ मा इरानमा अमेरिका र इजरायलीको संयुक्त आक्रमणबाट सुरु भई मध्य पूर्वमा फैलिएको छ ।
इरानले खाडी मुलुकहरूलाई अमेरिकी सेनालाई आफ्नो क्षेत्रबाट इरानविरुद्ध आक्रमण गर्न दिएको आरोप लगाउदै ती देशहरूमा रहेका अमेरिकी निकायविरुद्ध मिसाइल तथा ड्रोन आक्रमणहरू सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण