सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

घनेन्द्र बस्नेतको उपचारका लागि सहयोग गर्न अपिल

आइतबार, ०८ चैत २०८२, १७ : ०८
आइतबार, ०८ चैत २०८२

सारांश

  • वामपन्थी नेता घनेन्द्र बस्नेतको उपचारका लागि 'जीवन रक्षा अभियान' सुरु भएको छ।
  • बस्नेत फोक्सो र घाँटीको क्यान्सरबाट पीडित छन्, र उनको आर्थिक अवस्था कमजोर छ।
  • नेकपा संयुक्तका नेताहरूले सहयोगका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर सार्वजनिक गरेका छन्।

काठमाडौँ । वामपन्थी नेता तथा नेकपा (संयुक्त) वरिष्ठ नेता घनेन्द्र बस्नेतको उपचारका लागि ‘घनेन्द्र बस्नेत जीवन रक्षा अभियान’ सुरु गरिएको छ । झापा किसान सङ्घर्षका अगुवामध्येका एक बस्नेत हाल फोक्सो र घाँटीको क्यान्सरले थलिएका छन् । 

बस्नेतको कमजोर आर्थिक अवस्थाका कारण आफैले उपचार गर्न असम्भव देखेपछि नेकपा संयुक्तका नेताहरूले सहयोग माग्ने निर्णय गरेको बताइएको छ । 

आइतबार नेताहरू घनश्याम भुसाल, टंक कार्की लगायतले प्रेस नोट जारी गर्दै ग्लोबल आइएमई बैंकमा रहेको बस्नेतको खाता नम्बर तथा क्युआर कोड सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेका छन् ।

653859799_3478804968960091_236921290540388850_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप