प्रधानमन्त्री कप क्रिकेटः एपीएफ विजयी
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ।
काठमाडौँको मूलपानिस्थित माथिल्लो मुूपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै जित हासिल गरेको हो । २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो ।
बागमतीका लागि विवेक मगरले ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए । त्यस्तै सुबास खत्रीले २७ रन तथा रिजन ढकाल अविजित २० रन जोडे।
बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतम ले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । साथै युवराज खत्री, नन्दन यादव र कमल ऐरीले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि आसिफ शेखले सर्बाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र ३ छक्काको सहयोगमा ११४ रनको योगदान दिएका हुन् ।
त्यस्तै सन्दीप जोराले ५२ रनको महत्वपूर्ण योगदान दिए। लोकेश बमले २९ रन, युवराज खत्रीले अविजित २६ रन बनाए भने कप्तान रोहित पौडेलले ९ रन जोडे बलिङतर्फ बागमतीका रिजन ढकालले चार विकेट लिए भने इसान पान्डेले दुई विकेट झारे । त्यस्तै सन्दिप लामिछाने र सोनु देवकोटाले समान एक एक विकेट लिए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ ।
हिजोदेखि सुरुआत भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख पाउँदा उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण