तिनाउ खोलामा डुबेर दुई भारतीय युवा बेपत्ता
आइतबार, ०८ चैत २०८२, १९ : १६
बुटवल । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय युवा बेपत्ता भएका छन्। जिल्लाको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित हेडबक्स नजिक आइतबार दिउँसो दुई जना भारतीय युवा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार बेपत्ता हुनेहरू भारतको सन्तकबीरनगरका १७ वर्षीय फारन अन्सारी र सोही उमेरका अमान अन्सारी रहेका छन्। उनीहरू साथीसँग घुम्न आएका बेला खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतबाट सात जना युवाहरूको समूह घुम्नका लागि उक्त स्थानमा आएको खुलेको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली बेपत्ता दुवै जनाको खोजी कार्यमा जुटिरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण