देउवाको 'मौन राजनीति' माथि टिप्पणी गर्दै गोकुल बाँस्कोटाले के भने ?
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको आन्तरिक कलहका विषयमा पूर्वसभापति शेरबहादुर देउवालाई जोडेर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । पार्टीभित्रको कानुनी विवाद र समितिहरूको वैधानिकतालाई लिएर भइरहेको खिचातानीका बीच देउवाले 'मौन राजनीति' गरिरहेको भन्दै बाँस्कोटाले 'सुनियोजित रणनीति' को रूपमा अर्थ्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले नेपाली कांग्रेसभित्रको कानुनी विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेकै समयमा सभापति देउवाले पुरानो समितिको बैठक बोलाउनुले एउटा विशेष संकेत गरेको बताए।
उनले भनेका छन्, 'मौन राजनीतिका माहिर खेलाडी मानिने शेरबहादुर देउवाले पुरानो समितिको बैठक राखेको भन्ने सुनिन्छ। यसले अदालतको फैसला आफ्नो पक्षमा आउनेमा उहाँ ढुक्क हुनुहुन्छ भन्ने देखाउँछ।'
आफ्नो टिप्पणीलाई अझ घतलाग्दो बनाउन उनले नेपाली उखान र बिम्बहरूको प्रयोग गरेका छन्। बाँस्कोटाले भनेका छन्, 'खेल खेलाडीका, जित अनाडीका भन्थे, यस्तै पो होला कि? शंका गरेँ मैले, लंका हाने कसैले भने— थाहा छैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण