बागलुङमा ‘मिडिया मेला’ हुने
सारांश
- नेपाल पत्रकार महासंघ बागलुङले चैत २० र २१ गते मिडिया मेला आयोजना गर्दैछ।
- मेलाको उद्देश्य बागलुङलाई मिडियामार्फत उजागर गरी लगानी भित्राउनु हो, जसमा देशभरका पत्रकार सहभागी हुनेछन्।
- मेलामा पत्रकारिता, सञ्चार माध्यम र ग्रामीण पत्रकारिताको महत्त्वबारे छलफल हुनेछ, र २५ हजार दर्शकको अपेक्षा गरिएको छ।
बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङले यही चैत २० र २१ गते बागलुङ मिडिया मेला गर्ने भएको छ । महासंघको रजत वर्षका अवसरमा मिडिया मेला गर्न थालेको हो ।
मेला सम्पन्न गर्न अध्यक्ष थापाको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरेर तयारी थालिएको छ । बागलुङलाई मिडियाको माध्यमबाट उजागर गरी निजी क्षेत्रको लगानी भित्राउन मिडिया मेलाको आयोजना गरिएको हो ।
बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेला गर्न थालिएको महासंघका अध्यक्ष राम थापाले जानकारी दिए । मेलाको तयारीलाई महासंघले तीव्रता दिएको उनको भनाइ छ । बागलुङ बजारमा हुने मेलामा देशभरका पत्रकारको सहभागिता रहने अध्यक्ष थापाले बताए ।
बागलुङमा जन्मेर पत्रकारिताको कर्मथलोलाई विभिन्न स्थानमा पुर्याएका पत्रकारलाई गृह जिल्लाको समृद्धिमा चासो दिने, पुनर्मिलन गर्ने, निजी क्षेत्र र पालिका बिचको सम्बन्ध बढाउँदै बागलुङ बजारको ५० वर्ष पुराना इतिहास झल्काउने तस्बिरसमेत प्रदर्शनी गर्ने उनी बताउँछन् ।
अध्यक्ष थापाले भने, ‘मिडिया मेला पत्रकारको मात्रै नभएर आम नागरिक हुनेछ, मेलालाई भव्य बनाउनका लागि तयारी थालेका छौँ, देशभरका साथीहरूलाई आमन्त्रण गर्नेदेखि अन्य काम भइरहेको छ ।’
मेलामा आठ सेसनको प्यानल डिस्कसन हुनेछ भने पुराना सञ्चार सामाग्री प्रदर्शन गरिने भएको छ । पत्रकारिता, सञ्चार माध्यम, पत्रकारको बदलिँदो भूमिका र ग्रामीण पत्रकारिताको महत्त्व उजागर गर्न र यस क्षेत्रमा सबैको ध्यान केन्द्रित गर्न मेलाले सघाउनेछ । मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, पत्रकार महासंघका पदाधिकारी, गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारको समेत उपस्थिति रहने छ ।
मेला प्रवर्द्धनमा सघाउने निजी क्षेत्रको व्यावसायिक स्टलहरू समेत रहनेछ । मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुत रहने छ । मेलामा २५ हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान गरिएको शाखाका उपाध्यक्ष सुवास आचार्यले बताए । मेलाको उद्घाटन चैत २० गते हुनेछ ।
मेलामा आन्तरिक पर्यटक भित्राएर उनीहरूलाई बागलुङका सञ्चार माध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यमा भ्रमण गराउने उद्देश्य पनि रहेको शाखाका सचिव नारायण रिजालले जानकारी दिए ।
मेलामा विद्धत प्रवचन, प्यानल डिस्कसन, बागलुङे पत्रकारहरूको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, तस्बिर प्रदर्शन, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरणको प्रदर्शनीसमेत रहेको छ । मेलामा १७ लाख खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष खेमराज गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण