कामना सेवा विकास बैंकका ग्राहकलाई चितवनको अशोका रिसोर्टमा १० प्रतिशत छुट
सोमबार, ०९ चैत २०८२, १० : २१
चितवन । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा. लि. तथा होटल अशोकासँग सेवा शुल्कमा छुट दिने सम्झौता गरेको छ।
यस सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले उक्त रिसोर्ट र होटलको आवास, खाना र पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकहरूले आफू बैंकसँग आबद्ध रहेको प्रमाण देखाई यो सुविधा सहजै लिन सक्नेछन्।
सम्झौता पत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्।
यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरू विशेष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण