४ जना मृत अवस्थामा फेला
सारांश
- काठमाडौं, सिन्धुपाल्चोक, रूकुम पश्चिम, इलाम र मोरङमा गरी चार जना मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंको तारकेश्वरमा एक वृद्ध, रूकुम पश्चिममा एक बालिका र इलाम तथा मोरङमा एक-एक जना मृत फेला परेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्ने, सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ छिवाङस्थित सानिभेरी नदीमा बाफिकोट गाउँपालिका–३ गरालागोठ बस्ने पूर्ण बहादुर वलीकी १३ वर्षीया छोरी सपना वली पनि आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
इलामको सूर्योदय नगरपालिका–४ सल्लेरीमा बस्ने, पाँचथर घर भएका ३४ वर्षीय मिलन गोले तामाङ सोही स्थानको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका–२ हिमालचोकमा बस्ने ३६ वर्षीय अनिल अधिकारी सोही स्थानको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सोमबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण