महासङ्घको ६०औँ साधारण सभा : अञ्जन श्रेष्ठकाे प्यानल घोषणा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ ।
आगामी चैत २८ र २९ गते हुने महासङ्घको ६०औँ वार्षिक साधारण सभाबाट स्वतः अध्यक्ष बन्ने वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सोमबार आफ्नो प्यानलको औपचारिक घोषणा गरेका हुन् ।
उनको टिमबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे तथा जिल्ला/नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठको प्यानलबाट वस्तुगततर्फका सदस्यहरूमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले उम्मेदवारी दिएका छन्। जसमा नेपाल आइसक्रिम उद्योगबाट अरनीकोराज भण्डारी, नेपाल दाना उत्पादक सङ्घबाट रबिन पुरी, नेपाल कुचो सङ्घबाट राजकुमार कार्की, नेपाल बिउ व्यवसायी सङ्घबाट बसन्त चन्द्र मरहट्टा र नेपाल सिमेन्ट उद्योग सङ्घबाट रघुनन्दन मारु रहेका छन् ।
यसैगरी नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घबाट सुनिता नेहाफुकि, नेपाल प्लाइउड उत्पादक सङ्घबाट होम प्रसाद घिमिरे, नेपाल पश्मिना उद्योग सङ्घबाट धन प्रसाद लामिछाने, नेपाल धितोपत्र दलाल सङ्घबाट धर्मराज सापकोटा, रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालबाट संघर्ष विष्ट र फ्लोरिकल्चर एशोसिएसन नेपालबाट राजेश भक्त श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
साथै, जुत्ता उत्पादक सङ्घबाट नानीराज घिमिरे, नेपाल वायो ग्यास प्रवर्द्धक सङ्घबाट यप बहादुर थापा मगर, ढुवानी व्यवसायी महासङ्घ नेपालबाट विश्वनाथ खनाल, नेपाल इट्टा उद्योग सङ्घबाट कृष्ण प्रसाद अवाले र नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसनबाट ध्रुव बहादुर गौतम पनि वस्तुगत सदस्यका उम्मेदवार बनेका छन् ।
त्यस्तै जिल्ला/नगरतर्फको सदस्यमा कोशी प्रदेशबाट नवीन रिजाल, बागमती प्रदेशबाट बेदबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट नवराज सुवेदी र लुम्बिनी प्रदेशबाट ठाकु श्रेष्ठ उम्मेदवार बनेका छन् ।
एसोसिएटतर्फका सदस्यहरूमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, इश्वर जीसी, जुना माथेमा र कृष्णलाल महर्जनले उम्मेदवारी दिएका छन्। सोही तर्फबाट निकोलश पाण्डे, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषी अग्रवाल चैनावाल, आरएस भण्डारी, शक्ति कुमार बेगानी, सुशील थापा, सुयस प्याकुरेल र उज्वल कुमार श्रेष्ठ पनि सदस्यको प्रतिस्पर्धामा रहेका छन्।
यसअघि गत फागुनमै वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा अर्को प्यानलले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । ढकाल समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल स्वयम् उम्मेदवार बनेका छन् भने एसोसिएट उपाध्यक्षमा वर्तमान उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नै दोहोर्याएर उम्मेदवारी दिएकी छन्।
उक्त समूहबाट जिल्ला/नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। महिला उपाध्यक्षतर्फ कल्पना श्रेष्ठ उम्मेदवार बनेकी छन्। दुई छुट्टाछुट्टै प्यानल घोषणा भएसँगै महासङ्घको आगामी नेतृत्व चयनका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण