कालंगा हाइड्रोको स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्यो
सारांश
- कालंगा हाइड्रोपावरले आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुला गरेको छ।
- कम्पनीले बझाङमा १५.३३ मेगावाटको कालंगागाड आयोजना निर्माण गरेको छ, जसमा ४ अर्ब ३३ करोड रुपैयाँ लागत लागेको छ।
- स्थानीयले चैत २४ देखि वैशाख ९ गतेसम्म र वैदेशिक रोजगारमा रहेकाले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन्।
काठमाडौं । कालंगा हाइड्रोपावरको आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको छ । कम्पनीले बझाङमा १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ । जसको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँ छ ।
कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन सुरु भएको हो ।
प्रभावित क्षेत्रका रुपमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाको वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ पर्दछन् ।
बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । प्रभावितले छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५० हजार कित्ता सेयर निष्कासन भएको छ । वैदेशिक रोजगारमा रहेकाले चैत १५ सम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० तथा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण