अरनिको राजमार्गको बाह्रबिसे–कोदारी खण्डमा धमाधम काम : २६ किलोमिटर सडक डबल लेन बनाइँदै
सारांश
- अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी सडक खण्डको स्तरोन्नति कार्यले गति लिएको छ, जसको लागि २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति लिइएको छ।
- सडक डिभिजन कार्यालय चरिकोटले एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी मंसिर २० गतेदेखि काम सुरु गरेको हो, जसले २६ किलोमिटर सडकलाई डबल लेनमा विस्तार गर्नेछ।
- हालसम्म ७ प्रतिशत भौतिक प्रगति भएको छ, जसमा पहिरोको जोखिमयुक्त क्षेत्रमा ग्याबिन पर्खाल लगाउने कार्यलाई प्राथमिकता दिइएको छ।
दोलखा । चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक खण्डको स्तरोन्नति कार्यले गति लिएको छ। वर्षातका कारण नराम्ररी क्षतिग्रस्त बनेको यो राजमार्ग पुनरुत्थान गर्न सडक विभागले अर्थ मन्त्रालयबाट २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति लिएर काम अघि बढाएको हो।
रणनीतिक महत्त्वको यो सडकलाई आधुनिक र सुरक्षित बनाउन निर्माण प्रक्रिया तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का प्रक्रिया पूरा गरी गत मंसिरमा निर्माण कम्पनी 'एमएस एनएस गाल्वा जेभी' सँग सम्झौता गरेको थियो।
कुल १ अर्ब ३४ करोड रुपैयाँको लागतमा ठेक्का लागेको यस आयोजनाको काम मंसिर २० गतेदेखि नै साइटमा सुरु भइसकेको छ। सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीका अनुसार बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडकलाई पूर्ण रूपमा डबल लेनमा विस्तार गरिनेछ।
हाल सडकको भौतिक प्रगति ७ प्रतिशत पुगेको छ। अहिले मुख्य गरी सडकलाई डबल लेनमा ढाल्न आवश्यक संरचना निर्माणको काम भइरहेको छ। पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा ग्याबिन पर्खाल लगाउने र प्वाइन्ट बनाउने कार्यलाई प्राथमिकता दिइएको छ। बाह्रबिसे–कोदारी खण्ड भौगोलिक रूपमा जटिल रहेकाले सडकको जग बलियो बनाउन प्राविधिक टोलीले विशेष ध्यान दिइरहेको भण्डारीले जानकारी दिए।
निर्माणको जिम्मा पाएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले निर्माण सामग्रीको आपूर्ति र स्थानीय स्तरमा कुनै अवरोध नभए तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। २०८२ मंसिर १ गते ठेक्का सम्झौता भएलगत्तै जनशक्ति र उपकरण परिचालन गरी काम थालिएको उप्रेतीको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण