सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
सारांश
- शेरबहादुर देउवा पक्षले अदालतको फैसला नभएसम्म कांग्रेसको महाधिवेशन गर्न नहुने बताए ।
- देउवा पक्षका नेता श्यामकुमार घिमिरेले अदालतको फैसलापछि मात्रै महाधिवेशन हुनुपर्ने बताए ।
- घिमिरेले अदालतलाई छिटो फैसला गर्न र दुवै पक्ष मिलेर अघि बढ्न आग्रह गरे ।
काठमाडदँ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलवार देउवा पक्षका नेता श्यामकुमार घिमिरेले पार्टीको आधिकारिता सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरु नरहेको प्रतिक्रिया दिएका हुन्।
नेपाली कांग्रेसका निवर्तमान सांसद समेत रहेका घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाएपनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने जिकिर गरे । उनले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । नेता घिमिरेले नेपाली कांग्रेसका आधिकारिता सम्बन्धि मुद्दामा छिटो फैसला गर्न पनि सर्वोच्च अदालतलाई दवाव दिए ।
नेता घिमिरेले सर्वोच्च अदालतले जनतामाथिको विश्वास आर्जन गर्न पनि सो मुद्दाको फैसला तत्काल गर्न गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । उनले देउवालाई बेवास्ता गरेर जाँदा निर्वाचनमा नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण