गण्डकीमाथि बागमती प्रदेशको शानदार जित
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको विशाल योगफल बनाएको थियो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो ।
गण्डकी ३१.५ ओभरमा मात्र १२४ रनमा अलआउट भयो । उसका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय साथ दिन सकेनन् । बलिङतर्फ बागमतीका रिजन ढकालले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र ईशान पाण्डेले समान २–२ विकेट लिँदा दयानन्द मण्डल र सुबास खत्रीले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीको लागि ईशान पाण्डे उत्कृष्ट प्रदर्शन गर्दै ६१ बलमा सर्वाधिक ७१ रन जोडे । त्यस्तै अशुतोष घिरैयाले ५९ रनको योगदान दिए । शुभ कङ्साकारले ४४ रन बनाए । कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण