टेनिस खेलाडी छनोट
मङ्गलबार, १० चैत २०८२, २० : ४८
काठमाडौँ । आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट ६ खेलाडी छनोट भएका छन्।
नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको छनोट प्रतियोगिताबाट तीन पुरुष र तीन महिला खेलाडी छनोट भएका हुन्।
छनोट हुनेमा पुरुषतर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत तथा महिलातर्फ सारा पन्त, आर्या पौडेल र नायरासि घले रहेकी छन् । पुरुषमा सात र महिलामा छ खेलाडी छनोटमा सहभागी भएका थिए ।
प्रतियोगिता अप्रिल १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण