प्रश्नपत्र बाहिरिएपछि लालबन्दी नगरपालिकाले रोक्यो परीक्षा
बुधबार, ११ चैत २०८२, ०८ : ५६
सारांश
- सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को सामाजिक अध्ययन परीक्षा स्थगित गर्यो।
- प्रश्नपत्र बाहिरिएपछि नगरपालिकाले चैत १७ गते परीक्षा गर्ने निर्णय गरेको छ।
- अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन्।
जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा अन्तर्गत आजका लागि तय गरिएको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा स्थगित गरेको छ ।
प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले हिजो नै सूचना जारी गर्दै आजको परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् ।
स्थगित गरिएको उक्त विषयको परीक्षा अब चैत १७ गते सञ्चालन गरिने लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख लक्ष्मी शिवाकोटीले जानकारी दिए । उनका अनुसार स्थगित विषयको परीक्षा पछि सारिए पनि अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण