प्रधानमन्त्री कप क्रिकेट : अरनिको चम्किँदा मधेससँग सुदूरपश्चिम पराजित
सारांश
- प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्यो।
- वीरगञ्जमा भएको खेलमा, मधेशले १६१ रनको लक्ष्य ९८ बल अगावै पूरा गर्यो।
- अरनिको यादवले मधेशका लागि अविजित ४६ रन बनाए, र अशोक धामीले सुदूरपश्चिमका लागि ३ विकेट लिए।
वीरगञ्ज । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको १० औँ खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको छ ।
बुधबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १६१ रनको लक्ष्य मधेसले ९८ बल अगावै सफलफलतापूर्वक पछ्याएको हो ।
मधेसका लागि अरनिको यादवले अविजित ४६ रनको योगदान दिए । त्यस्तै, मोहम्मद आदिल आलमले ३४ रन तथा पवन शर्राफले २१ रन जोडे ।
सुदूरपश्चिमका लागि अशोक धामीले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । टोलीका लागि ओपनर अभिषेक पलले सर्वाधिधक ३३ रनको योगदान दिए ।
यसैगरी, किरण ठगुन्ना र नारायण जोशीले समान २३–२३ रनको योगदान दिए । अशोक धामीले १९ रन जोडे ।
मधेसका लागि अरनिको यादवले ३ विकेट लिए । प्रदीप पासवानले २ विकेट तथा रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठा र पवन शर्राफले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण