जेनजी आन्दोलनमा भदौ २३ गते राज्यले संसद् भवन परिसरमा गरेका ४ गल्ती
सारांश
- जाँचबुझ आयोगले भदौ २३ गतेको घटनामा सरकारले ४ गल्ती गरेको औँल्याएको छ।
- प्रतिवेदनमा अधिकांश प्रदर्शनकारीहरू निःशस्त्र रहेको र गोली चलेको उल्लेख छ।
- संसद् भवनको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले प्रक्रिया पूरा नगरेको पाइयो।
काठमाडौँ । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ गते तत्कालीन सरकारले ४ गल्ती गरेको औँल्याएको छ । आयोगले सरकारलाई बुझाएको तर सरकारले सार्वजनिक नगरेको प्रतिवेदनमा भदौ २३ गते संसद् परिसर वरपर भएको घटनामा राज्यले ४ गल्ती गरेको औँल्याइएको छ ।
जनआस्था साप्ताहिकबाट सौजन्य प्राप्त प्रतिवेदनमा अधिकांश प्रदर्शनकारीहरू निःशस्त्र हुनु, बन्दुक जस्तो गम्भीर हतियारको प्रयोग हुनु र गोली चल्नु, हतियारको प्रयोग हुनुअघि सबैले सुन्ने गरी प्रभावकारी रूपमा चेतावनी नदिइनु, गोली चलाउनुअघि अन्य नरम उपाय (पानीको फोहरा, ब्यारिकेड, अवाइ फायर, वार्ता आदी) ठिकसँग र पर्याप्त मात्रामा नअपनाउनु, राज्यद्वारा मानवअधिकारप्रतिको उत्तरदायित्व उल्लङ्घन (प्रहरी, सशस्त्र प्रहरी, सेना, प्रशासनिक नेतृत्व, कार्यकारी नेतृत्व) हुनुलाई राज्यका गल्ती औँल्याइएको छ ।
साथै प्रतिवेदनमा संसद् भवनमा सुरक्षार्थ अटिएको नेपाल प्रहरीको स्पेसल टाक्स फोर्सले ‘रुल अफ इङ्गेजमेन्ट’ जस्ता हतियारधारीले पालना गर्नुपर्ने प्रक्रिया नअपनाएको देखिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण