मन्त्री इङ्नामप्रति अर्थमन्त्री खनालको कटाक्ष– कर्मचारीको कमजोरी भट्याउन मन्त्री भइरहन पर्दैन
बुधबार, ११ चैत २०८२, १८ : ०३
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले भूमि व्यवस्था मन्त्री कुमार इङ्नामको आलोचना गरेका छन्।
- खनालले सामाजिक सञ्जालमार्फत मन्त्री इङ्नामले कर्मचारीको आलोचना गरेकोमा कटाक्ष गरे।
- मन्त्री इङ्नामले कर्मचारीहरू भ्रष्ट भएको र सहयोग नगरेको आरोप लगाएका थिए।
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र शहरी विकासमन्त्री कुमार इङ्नामप्रति अर्थमन्त्री रामेश्वर खनालले कटाक्ष गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत खनालले यसअघि कर्मचारीको आलोचना गरेका मन्त्री इङ्नामप्रति लक्षित गर्दै कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन नपर्ने भन्दै कटाक्ष गरेका हुन्।
‘सार्वजनिक प्रशासन/निजामती कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन पर्दैन, यो त विगत ७० वर्षदेखि चौथो र पाँचौँ राज्य शक्तिले गरेकै छ त,’ खनालले भनेका छन्, ‘मन्त्रीको काम त त्यसलाई सच्याउने हो !’
केही दिनअघि बिदाइ समारोहमा मन्त्री इङ्नामले कर्मचारीहरू भ्रष्ट भएको र सहयोग नगरेको आरोप लगाएका थिए । सोही क्रममा उनले अर्थ मन्त्रालयले समेत दादागिरी देखाएको बताएका थिए।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण