कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड
सारांश
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय बनाउन छलफल भयो ।
- छलफलमा विशेषज्ञ चिकित्सकको व्यवस्था र स्वास्थ्य सेवाको पहुँच बढाउनुपर्ने कुरा उठेको छ ।
- उपकुलपतिले सुझावअनुसार सेवा सुधार गर्ने प्रतिबद्धता जनाए ।
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको छ । प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ भएको सर्वदलीय सर्वपक्षीय छलफल तथा सुझाव ग्रहण कार्यक्रमका सहभागीहरूले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकको अभाव हुन नदिन सबै जिम्मेवार बन्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य नैसर्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताए । नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीले स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै बिरामीलाई बाहिर ‘रेफर’ गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका उपकुलपति डा पुजनकुमार रोकायाले छलफलबाट आएका सुझावलाई क्रमशः समाधान गरिने बताए । स्वास्थ्यसेवालाई थप परिमार्जन गर्दै व्यवस्थित र प्रभावकारी तरिकाले अगाडि बढ्ने गरी काम भइरहेको उनले जानकारी दिनुभयो ।
उपकुलपति डा रोकायाले विगत तीन वर्षको अवधिमा प्रतिष्ठानले सामाजिक सेवा इकाई मार्फत रु २९ लाख ९० हजार १३९ बराबरको निःशुल्क सेवा प्रवाह गरेको जानकारी दिए ।
सेवाग्राहीको गुनासो, अनुभव र सरोकार भएकाहरूका सुझावलाई समेटेर सेवा सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण