संगीत
प्रधानमन्त्री शपथको पूर्वसन्ध्यामा बालेनले सार्वजनिक गरे र्याप गीत ‘जय महाकाली’
बिहीबार, १२ चैत २०८२, १९ : ४८
सारांश
- बालेन शाहले प्रधानमन्त्रीको सपथ ग्रहणको पूर्वसन्ध्यामा 'जय महाकाली' गीत सार्वजनिक गरे।
- गीतमा बालेनको शब्द, संगीत र स्वर रहेको छ, जसमा चुनावी यात्राका दृश्यहरू समावेश छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेनले शुक्रबार प्रधानमन्त्रीको सपथ लिनेछन्, जसले चुनावमा बहुमत सिट जितेको थियो।
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ ।
गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ । उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ ।
शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण