युक्रेनी राष्ट्रपति जेलेन्स्की साउदी अरबमा, सुरक्षा र सैन्य प्रविधिबारे छलफल हुने
सारांश
- युक्रेनका राष्ट्रपति भ्लाेदमिर जेलेन्स्की साउदी अरबमा महत्त्वपूर्ण बैठकका लागि पुगेका छन्।
- युक्रेनले मध्यपूर्वी देशहरूसँग सम्बन्ध सुदृढ बनाउन र सुरक्षाका लागि सहयोग खोज्दैछ।
- युक्रेनले साउदी अरबलाई सैन्य र आर्थिक सहयोगको लागि आग्रह गरेको छ, जसको बदलामा सुरक्षा प्रविधि दिने प्रस्ताव छ।
काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लाेदमिर जेलेन्स्की ‘महत्त्वपूर्ण बैठक’ हरूका लागि साउदी अरब पुगेका छन् छ । अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावका बिच युक्रेनले मध्यपूर्वी देशहरूसँगको सम्बन्ध सुदृढ बनाउन यो भ्रमण तय गरेको हो ।
साउदी अरब ओर्लिएपछि सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै राष्ट्रपति जेलेन्स्कीले भने, ‘म साउदी अरब आइपुगेको छु। यहाँ महत्त्वपूर्ण बैठकहरू तय गरिएका छन् । सुरक्षा सुनिश्चित गर्न हामीसँग सहकार्य गर्न तयार हुनेहरूको साथ र सहयोगलाई हामी कदर गर्छौँ ।’
जेलेन्स्कीको यस भ्रमण टोलीमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का प्रमुख रुस्टेम उमेरोभ पनि सहभागी छन् ।
इरानी आक्रमणबाट प्रभावित भएका यस क्षेत्रका देशहरूलाई युक्रेनले आफ्नो अत्याधुनिक हवाई रक्षा विशेषज्ञता र ड्रोन प्रविधि उपलब्ध गराउने प्रस्ताव गरेको छ । यसको बदलामा युक्रेनले रुसविरुद्धको जारी युद्धका लागि साउदी अरबबाट सैन्य तथा आर्थिक सहयोगको अपेक्षा राखेको छ ।
राष्ट्रपति जेलेन्स्कीले हालै एक सार्वजनिक सम्बोधनमा युक्रेनले दिने सुरक्षा सहयोगको बदलामा ‘पैसा र प्रविधि’ खोजिरहेको बताउका थिए । युक्रेनले यसअघि नै कतार र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देशहरूमा आफ्ना विज्ञहरूको टोली पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण