प्रधानमन्त्रीको शपथअघि बालेनको सांगीतिक धमाका: ‘जय महाकाली’ले युट्युबमा नयाँ रेकर्ड राख्दै
शुक्रबार, १३ चैत २०८२, ०० : १७
सारांश
- बालेन शाहको र्याप गीत 'जय महाकाली' ले युट्युबमा कीर्तिमान बनाएको छ, रिलिज भएको ४ घण्टामै १४ लाखभन्दा बढी भ्यूज पाएको छ।
- यसअघि दुर्गेश थापाको गीतले राखेको रेकर्ड तोड्दै बालेनको गीतले नयाँ रेकर्ड बनाउने निश्चित देखिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन्।
काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिनुअघि सार्वजनिक गरिएको बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले युट्युबमा भ्यूजको सुनामी ल्याएको छ । बिहीबार साँझ सार्वजनिक भएको यो गीतले मात्र ४ घण्टाको छोटो अवधिमा समाचार तयार पार्दासम्म १४ लाख ९० हजारभन्दा बढी भ्यूज पाएर नयाँ रेकर्ड बनाउने निश्चित देखिएको छ ।
यसअघि नेपाली युट्युब इतिहासमा दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ ले २० घण्टामा १६ लाख भ्यूज पाएर रेकर्ड राखेको थियो । तर, बालेनको गीतले मात्र ४ घण्टामै १४ लाखको आँकडा पार गरेपछि छाेटाे अवधिमै सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड राख्दै पुरानो रेकर्ड केही घण्टामै तोडिने देखिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेनले आज (शुक्रबार) प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण