अर्थमन्त्री वाग्लेले गरे पदभार ग्रहण, १५ पुराना कानुन खारेज गर्ने घोषणा
सारांश
- नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै आर्थिक पुनरुत्थानको प्रतिबद्धता जनाए।
- उनले निजी क्षेत्रलाई समस्या पार्ने १५ पुराना कानुन खारेज गर्ने घोषणा गरे, जसका लागि सुधार बोर्ड गठन गरिनेछ।
- मन्त्री वाग्लेले आगामी बजेटले मुलुकको आर्थिक दिशा परिवर्तन गर्ने र निजी क्षेत्रको सुरक्षालाई प्राथमिकता दिने बताए।
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयको पदभार ग्रहण गरेका छन्। उनले पदभार ग्रहण गर्दै मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने १५ वटा पुराना कानुन खारेज गर्ने प्रक्रिया सुरु गरिने घोषणा गरेका छन्। निर्णय उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यापारिक सङ्गठनका सिफारिसका आधारमा गरिएको उनले स्पष्ट पारे।
आगामी जेठ १५ गते आउने बजेट मुलुकको आर्थिक दिशालाई पुनः निर्धारण गर्ने गरी रूपान्तरणकारी हुने अर्थमन्त्री वाग्लेले बताए। यसका लागि नयाँ नीतिगत मार्गदर्शन (म्यानेट) अनुरुप धेरै नियमन, नियम तथा विवेकाधीन अधिकारहरूलाई समेत नियन्त्रण गरिनेछ। यसका लागि छुट्टै कानुनी सुधार बोर्ड गठन गरिनेछ।
अर्थमन्त्री वाग्लेले निजी उद्यम र व्यवसायको सुरक्षा तथा प्रवर्धनलाई उच्च प्राथमिकता दिने बताए । उनले २०८०–८१ साल पछिका घटनाक्रमले निजी क्षेत्रको संरक्षणको मुद्दा अझ महत्त्वपूर्ण भएको उल्लेख गरे।
अर्थमन्त्री डा.वाग्लेले मुलुकको अर्थतन्त्रले सामना गरिरहेका विभिन्न चुनौतीहरूलाई सम्बोधन गर्न पाँच मुख्य प्राथमिकता रहेको बताए।
उनले मध्यपूर्वमा जारी युद्धका कारण रेमिट्यान्स, पेट्रोलियम पदार्थको मूल्य र मल लगायतमा पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन असरहरूको विश्लेषण गरी सम्बोधन गरिनेछ। आन्तरिक रूपमा रहेको आर्थिक शिथिलता, बेरोजगारी र सुस्त आर्थिक वृद्धिलाई तत्कालै सम्बोधन गरिनेछ। राजस्व सङ्कलन र खर्चमा देखिएको ‘खडेरी’ तथा बैंकमा निक्षेप बढ्दा पनि निजी क्षेत्रले ऋण लिन नसकेको मिसम्याचलाई सुधार्नुपर्ने आवश्यकता उनले औँल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण