आइसल्याण्ड पठाउने नाममा ३५ लाखभन्दा बढी ठगी
सारांश
- आइसल्याण्ड पठाउने प्रलोभन देखाएर एक व्यक्तिले ३५ लाख ५० हजार रुपैयाँ ठगी गरे।
- पीडितको उजुरीपछि प्रहरीले काठमाडौँबाट २८ वर्षीय मनोज दाहाललाई पक्राउ गर्यो।
- दाहाललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर आइसल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-७ बस्दै आएका इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
दाहालले एक जना पीडितलाई आइसल्याण्ड पठाउने विश्वास दिलाएर पटक-पटक गरी ३५ लाख ५० हजार रुपैयाँ असुल गरेको खुलेको छ। रकम लिएपछि पीडितलाई विदेश नपठाई उनी लामो समयदेखि सम्पर्कविहीन बनेका थिए।
आफू ठगिएको महसुस गरेपछि पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनको खोजी सुरु गरेको थियो। प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट फेला पारेर नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण