सशस्त्रको आकस्मिक सर्कुलर: एसपी मुनिका सबैलाई पोसाकसहित तयारी अवस्थामा रहन निर्देशन
सारांश
- सशस्त्र प्रहरी बलले सबै युनिटलाई उच्च सतर्कताका लागि सर्कुलर जारी गरेको छ।
- नवनियुक्त गृहमन्त्रीले सशस्त्र र नेपाल प्रहरीका महानिरीक्षकहरूसँग छलफल गरे।
- प्रहरी प्रधान कार्यालयले पनि जवानदेखि एसएसपीसम्मका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउँदै आफ्ना सबै युनिटलाई एक महत्त्वपूर्ण सर्कुलर जारी गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका सबै दर्जाका कर्मचारीलाई अनिवार्य रूपमा पोसाकसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले शुत्रबार साँझ सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार, यो निर्देशन स्वीकृत बिदामा बसेका बाहेक सबैका लागि अनिवार्य गरिएको छ । विशेष गरी काठमाडौँ उपत्यकाभित्र रहेका सबै युनिटका एसपीसम्मका फौजलाई काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको रङ्गशालामा उपस्थित हुन भनिएको छ ।
यसअघि प्रहरी प्रधान कार्यालयले पनि जवानदेखि एसएसपीसम्मका सबै कर्मचारीलाई बर्दीमा तयारी अवस्थामा बस्न सर्कुलर जारी गरिसकेको छ ।
सरकारले आजै मात्रै जेनजी आन्दोलनको दमनबारे गौरी बहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण