नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासङ्घको बधाई, यातायात क्षेत्रको सुधारमा उच्च अपेक्षा
सारांश
- नेपाल ट्रक यातायात व्यवसायी महासंघले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई दिएको छ।
- महासचिव बद्री प्रसाद चौलागाईंको विज्ञप्तिमा मन्त्रीपरिषद्को सफल कार्यकालको कामना गरिएको छ।
- महासंघले नयाँ सरकारबाट देशको आर्थिक विकास र यातायात क्षेत्रको सुदृढीकरणमा प्रभावकारी भूमिकाको अपेक्षा गरेको छ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
महासङ्घका महासचिव बद्री प्रसाद चौलागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यलाई सफल कार्यकालको कामना गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल द्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइएपछि महासङ्घले औपचारिक रूपमा शुभकामना दिएको हो।
विज्ञप्तिमा देशको आर्थिक विकास, पूर्वाधार विस्तार र यातायात क्षेत्रको सुदृढीकरणमा नयाँ सरकारबाट प्रभावकारी भूमिका अपेक्षा गरिएको उल्लेख गरिएको छ। विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीले यातायात क्षेत्रका दीर्घकालीन समस्या समाधानमा प्राथमिकता दिने विश्वास महासङ्घले व्यक्त गरेको छ।
महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाले पनि प्रतिक्रिया दिँदै नयाँ सरकार गठनसँगै यातायात क्षेत्रले नयाँ ऊर्जा पाउने विश्वास व्यक्त गरे।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सडक पूर्वाधार सुधार, ढुवानी व्यवस्थापन, व्यवसायीका समस्या समाधान तथा नीतिगत स्थिरतामा ध्यान दिने अपेक्षा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण