सिरहामा खर्बुजाको सिजन सुरु
सारांश
- सिरहाका बजारहरूमा भारतबाट आयातित खर्बुजा बिक्री सुरु भएको छ।
- खर्बुजाको सिजन सुरु भए तापनि, नेपाली खर्बुजा बजारमा आउन अझै एक महिना लाग्ने देखिन्छ।
- किसानहरूले मलखाद र उन्नत बीउको अभावका कारण उत्पादन ढिलो हुने चिन्ता व्यक्त गरेका छन्।
सिरहा । सिरहामा खर्बुजाको सिजन सुरु भएको छ। हाल जिल्लाका गोलबजार, मिर्चैया र लहान लगायतका फलफूल बजारमा भारतका विभिन्न राज्यबाट ल्याइएका खर्बुजा बिक्री भइरहेको हो।
स्थानीय व्यापारी विजय साहका अनुसार अहिले बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्यप्रदेशबाट खर्बुजा आयात भइरहेको छ। सिजनको सुरुवाती चरण भएकाले हाल प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताए।

व्यापारीहरूका अनुसार नेपाली खर्बुजा बजारमा आउन अझै करिब एक महिना लाग्नेछ। नेपालमै उत्पादन सुरु भएपछि मूल्य केही घट्ने अपेक्षा गरिएको छ।
यता किसानहरूले भने उत्पादन ढिला हुने चिन्ता व्यक्त गरेका छन् । सिरहा र धनुषा जोड्ने कमला नदीको बगरमा खर्बुजा खेती गर्दै आएका स्थानीय किसान धनिकलाल महतोले समयमा मलखाद र उन्नत जातको बीउ नपाउँदा ढिला बिरुवा रोप्नु परेको बताए । यसका कारण उत्पादनमा ढिलाइ हुने र बजारमा नेपाली खर्बुजा आउन समय लाग्ने उनको भनाइ छ।

स्थानीय उत्पादन ढिलो हुँदा उपभोक्ताले केही समयसम्म आयातित खर्बुजामै निर्भर रहनुपर्ने देखिएको छ । सिरहा र धनुषा जोड्ने कमला नदीको बगरमा करिब ५० हेक्टर भूभागमा खर्बुजा खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र सिरहाको प्रमुख नरेन्द्रकुमार महासेठ बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण