बाँकेका उद्योगलाई कच्चा पदार्थको अभाव
सारांश
- बाँकेका प्लास्टिक उद्योगमा कच्चा पदार्थको अभावका कारण उत्पादन घटिरहेको छ।
- मध्यपूर्वको तनाव र भारतको निर्यात कडाइले गर्दा कच्चा पदार्थको आयात रोकिएको छ।
- कच्चा पदार्थको अभावले प्लास्टिकजन्य वस्तु र दैनिक उपभोग्य वस्तुको उत्पादनमा असर परेको छ।
बाँके । बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ ।
मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए । उनका अनुसार कच्चा सामग्रीको आयात घटेपछि व्यवसायी मर्कामा परेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ मागअनुसार आपूर्ति हुन सकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थ प्लास्टिक ‘दाना’को अभाव सुरु भएको छ ।
मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामग्रीको आयात ठप्प भएपछि प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा सङ्कट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेलमेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायतका सामग्री उत्पादनमा असर देखिएको उद्योगी कार्कीको भनाइ छ ।
“कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ”, उनले भने । कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उद्योगी कार्कीले बताए । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । पेट्रो केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए ।
उनका अनुसार पेट्रोकेमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादन मात्र नभई, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तर्राष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण