२१ करोडभन्दा बढी राजस्व सङ्कलन
आइतबार, १५ चैत २०८२, २१ : ०८
सुर्खेत । यहाँस्थित यातायात व्यवस्था कार्यालयले फागुनसम्म रु २१ करोड राजस्व सङ्कलन गरेको छ ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत, जुम्ला र रुकुम पश्चिममा रहेको कार्यालयबाट साउनदेखि फागुनसम्ममा रु २१ करोड ४८ लाख ८१ हजार ३०२ राजस्व सङ्कलन भएको हो । यातायात व्यवस्था कार्यालयले तीन प्रकारका शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट परमिट), पत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर र प्रशासनिक दण्ड जरिवाना, जफत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण