पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड
गण्डकी । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास गर्न सकिनेमा आइतबार पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा होटल सङ्घ पोखरा नेपालले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले तीन क्षेत्रलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ को अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका थिए ।
पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रूपमा अगाडि बढाउन सकिने धारणा राखे । पोखरालाई पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गरी लुम्बिनी र चितवनलाई समेटेर पर्यटन तथा व्यावसायिक आदानप्रदान र प्रवर्द्धनका गतिविधि सञ्चालन गर्न सकिने उनले बताए ।
कार्यक्रममा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सङ्घका पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले पोखरा, लुम्बिनी र चितवनको पर्यटकीय साझेदारीमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण